Saturday, February 6, 2016

केहि नौलो होइन !

कुरो पोखरामा एउटी चेलीको बलात्कारबाट मात्र सुरु भएको होइन तर त्यस घटना पछि सामाजिक संचार  मध्यमहरुमा आएका ' केटीकै गल्तीले बलात्कार हुन्छ छोटा कपडा लगाएपछि कसरि कन्ट्रोल गर्नी ' भनेर लोग्नी मान्छेहरुको  कमेन्टहरुले मलाई लेख्न बाध्या बानाको हो| त्यसता कमेन्टहरु  देख्दा मेरो मनमा एउटा बिचार उत्पन्न हुन्छ, के छोटो लुगाको कारणनै हुनी हो बलात्कार? फेरि  यो कुरा बकम्फुसे भन्छु किनकि बुर्का लगाउनि देशका नारीहरुपनि बारम्बार बलात्कृत भएकै छन्! बलात्कारको  मात्र कुरो नि गर्दिन, यो केहि  लाज, सरम मान मर्यादा पचाएर बसेका मानिसले गर्ने  घीनलाग्दो अपराध हो भनेर भन्नुहोला सबैले  यो कुरो पनि ठिकै हो| एक दुइटा सार्वजनिक भएको बलात्कारको उदाहरण हामीले  दिन नि हुन्न | तेसैले प्राय जसो मानिसले गर्नी तर सार्वजनिक नभएको बलात्कारको उदाहरण लिउनत| अचम्म लग्यो? लौ किन? छोरी भनेको घरको गहना हो बचाएर राख्नु पर्छ भनेर भन्नि समाजले नै नचिनेको मान्छेसंग बिहे गरिदिएर बलात्कृत हुन अन्मायेका हुन्छन नि, तर तपाइलाई त्यो कहाँ गलत राख्छ | त्यो व्यापार हो नि| दाइजो लिएर मलाई बौ-आमले आफ्नो घंड़ो सुम्पिएका हुन् अब तेस्को प्रयोग गर्छु बारम्बार बलात्कार गर्न, भाडा माझ्न , लुगा धुन, सरसफाई गराउन  बच्चा जन्मौनी मसिन बनाउन, होइन ?      
प्राय जसो मानिसलाई मेरो कुरा मनपर्दैन  किनकि मैले भर्खरै तपाइलाई बलात्कारी भनेकी छु| तपाइको पुरुषार्थमा ठुलो धक्का पनि पर्यो होलायति जाबो सत्य कुराले मनमा चोट जाग्यो भनि यो लेख अहिले नै पढ्न चोड्नुस किनकि तपाइको चित्त नाबुझ्नी धेरै कुरो लेख्ने विचार  गरेकी छु मैले

एउटा नारि जन्मेपछि उनको सबै निर्णय अरुले गर्दिन्छन | के खानी,लगाउनि , पढ्नी वा नापढ़नी देखि लिएर| तपाई भन्नु होला पुरुषको पनि तेइ हो| तर मलाई भन्नुस तपाइले कति जना पुरष चिन्नुहुन्छ जसलाई बाहिर जादा मात्र होइन घरमा पनि हाफ सुरुवाल नलगा भनिन्छ? कति पुरुष चिन्नुहुन्छ जसको दिदि बहिनिलाई बोर्डिंग मा पढाएर उसलाई सरकारी बिध्यलामा पढाइएको , कति पुरुष चिन्नुहुन्छ जसले आफ्नो घर त्यागेर अर्काको घरमा गएर त्यो नौलो ठाउको जीवन सैली अपनाएर बुडिको थर आफ्नो नाममा जोडेर जति सुकै दुख आएपनि सबै सहेर बसेकी छन्? तपाई सायद जोड गरेर सोच्नु हुन्छ गार्हो गरेर सायद दिमागमा एक दुइ जना को नाम आउछ तर येही कुरा महिला को बारेमा सोच्नु भने भनि तपाई कुन महिलाले एस्तो गरेकी छैनन् भनेर सोच्न कस्टकर पर्छ|

लौ कस्तो वाहियात कुरो! के भयो तेती जाबो गरेर? यो सबैले गरेकै कुरा हो केहि नौलो छैन तेती जाबो गरेर के  भयो पुरुषले झन् मुख्य कुरो गर्छन पैसा कमाएर ल्यौनी काम| यस्ता विचार पनि धेरैका मनमा आउछन  होला यो कुरो ले मलाई हासो उठाउछधेरै जसो घरमै बस्नी महिलाहरुले गर्नी काम भनेको बिहान देखि खाना पकाउनि , घर सफा गर्नी , छोरा छोरिलाई तयार पार्नी, आफिस जाने श्रीमानलाई सबै कुरा तयार पर्नी, तेस्पछि  समान किन्नी , साझको  खाना  तयार पार्नी, लुगा धुनी भाडा मज्ने सबैलाई  खुवौनि राति गएर आफ़िश मा घण्टा कम गरेर अएको  श्रीमानको सेवा गर्नी हो| यो कम वर्ष को ३६५ दिन लगभग १८ घण्टा बिदा तलब बिना नै गर्छिन| येदि यसको तलब आउनि  भएको भए उनि आफ्नो श्रीमान भन्दा तीनगुना बडी कमाउनि  हुन्थिन होला| अझ कतिपए नारिहरु घर ग्रिहस्ति समालेर पनि काम गर्छन येति गरेर जागिर गर्दा नि श्रीमानहरुले आफु भन्दा कम कमाउछे  भनेर हेप्छन . येदि एउटा श्रीमतीले मेहेनत गरेर श्रीमान भन्दा बडी कमाएपनि फेरी श्रीमान्लाई समाजले गिज्ज्याये जस्तो लगेर आफु अपहेलनाको सिकार भएको जस्तो लगेर श्र्मतिको जागिर छुटाएको  पनि देखिन्छ|
हैन बेला बेला मा सोच्छु कस्तो देशमा जन्म लियियेछ ओरि परि हेर्छु महिला को केहि जीवन नै छैन सानो भएको खुसिको दियोमा नि चप्पलले कुल्चिएको | महिला पुरुष एउटा गाडीका दुइ पांग्र हुन् तर पुरुष पांग्र मात्र होइन इन्जिन देखि लिएर अरु सपि अंग हो भनि महिला केवल एउटा पांग्र मात्र हो| जतिसुकै सामाजिक पढेलेखेका मानिसहरुले पनि आफु खुल्ला विचारको भएको दाबी गरेतापनि, घरमा आफ्नी  स्वास्नी छोरीमाथि भेदभाब गरेकै हुन्छन| यो कुरा सानो भन्दा सानो हर्कतले पनि जनाएकै हुन्छ. हाम्रो समाजमा श्रीमानलाई  नसोधेर पसल सम्म जना पाउनन्न महिलाहरु तर एक कल फोन त्यो नि रतिको समयमा गरेर ' घर आज आउन्न' भन्न मिल्छ पुरुषहरुलाई| यसमा महिलालाई 'हुन्छ हजुर' भन्न्दा केहि भन्न मिल्दैन येही कुरा महिलाले गरे भोलि समाजको अगाडी ना-ना थरि नामिकरण गरेर ननगाइयेर  बेइजत्गरि घरनिकाला गरिन्छसानो भन्दा सानो कुरो ले नि महिला माथि घरयेसी रुपमा भएको भेदभाब दर्साउछ , आमाले सोमबार एकदिन बर्त लिदा पनि बुबाले मासु खानी रहर जगाएर उनले पकाइदिन्छिन तर येदि बुबाले ' शाकाहारी हुन्छु भने भनी घरमा मासु खान कस्टकर हुन्छ महिलालाई|
मलाई चित्त नाबुझ्नी अझ यी धार्मिक ग्रन्थहरु हो, यी सबै पुरुषहरुले अआफुलाई मनलागेको कुरा भगवान ले एस्तो चाहनुहुन्छ भन्दै रचेको जस्तो लाग्छ मलाई| एउटा महिलाले श्रीमानलाई नाढोगी खाइन भनि, नभनी केहि गरिन भनि, पापिनी हुन्छे रे, अर्को जन्ममा दुख पाउछे  भनेर सबै  मनलाग्दा   कुराले पुरुषहरु आफ्नो मनोरंजन गराए धर्म को नाम लगाई चलनचल्ती मा राखेका जस्तो लाग्छ मलाई| सायद गलत पनि हौला साचिकै धर्ममा यस्तै लेखिएको होला| साचिकै बिष्णु रुपी कृष्ण ले विभिन्न आइमाईहरुसंग सम्भन्ध राखी स्त्रीलम्पट भएको पतिब्रता सीताको  अग्निपरिछ्या  लिदा पनि उनि दोषी भएको कुरा ठिकै होला| किनकि संसार यसरीनै चल्छ   सबै मानिस को दिमागमा यस्तै कुरानै थिखो भनेर बसिसकेको |मलाई एकपल्ट एकजनाले भनेका थिए, हिन्दु एस्तो धर्म हो जसमा मात्र विभिन्न देवीहरुको राम्ररी पूजा गरिन्छ तर सोच्छु के काम देवीको पूजागरेको जब नारिहरुलाई सम्मान नै गरिन्न भनि|
ये सबै  कुरा हेर्छु दिक्दार हुन्छु| मेरो समाज पुरुषले बिगारेको समाज हो| जहाँ नारीको सम्मान केवल बोलि लेखाइमा तर काममा छैन| यदि एउटा पुरुष सच्चा मनले कुनै नारीको सेवा वा सहयोग गर्न खोज्छ भनि उसलाई समाजले 'नामर्द' 'लाछी'को नाम दिन्छ| स्वास्नी मान्छेलाई काबुमा राख्नु  पर्छ भनेर सोच्छन पुरुष| कसैले आफ्नी स्वास्नीलाई सम्मान अधिकार दिएका छन् भनि उसको मजाक खिल्ली उडाइन्छ यहाँ| अरुको घरमा नारीमाथि शोषंड दमन भएको भनि अर्काको भित्ता भित्र भएको कुराम जन्नी हुनु हुन्न भनेर सोच्छन  मानिस यहाँ| किनकि अरुको मामलामा बोल्यो भनि पछि आफ्नै पोलपो खुल्निहोकी ? वा भनम मेरो घरमा पनि नारी सचेत हुनी होकी भनेर डराउछन पुरुष|
 यो समाजले  भने बिरुद्द केहि अरु मात्र गर्न खोजियो भनि सबै तेस्को बिरोध  गर्छन| संसदमा ३३% कोटा दिनुको सट्टा ५०% दिन डराउछन  पुरुषहरु! तेसैले सार्वजनिक यातायातमा दुइटा सिट ३३% कोटा मा तारिएको महिलाहरुलाई |
येदि यसको बिरुद्ध कोहि महिलाले कुरा उठायो भनि त्यो महिलाको जीवन खराब हुन्छ उसको इज्जत को धजिया  उडाइन्छ   मिलेर उसको बेइजत गर्छन | किनकि हाम्रो समाजमा जे गरेपनि महिलाकै गल्ति हो| श्रीमान ले अर्की  ल्याएनि महिलाले खुसि पर्न नसकेकै हो, श्रीमानले रक्सि खाएर पिटेर उनले छोडिदिन भनि नि  महिला भएर सहन्सिल हुन नसकेकोले  उनकै गल्ति हो| सबै कुरामा महिलाको गल्ति हो|

तर के हामी पिडित वर्ग होउ  ? भन्छु अवस्यपनि होइन| यदी तपाई एउटा नारी भएर यो पडीरख्नु भएकोछ भनि तपाईलाई यो समाजले एक लेख पढ्न सम्म छुट दिएको रहेछ यो पढेर तपाई -आफ्नो ठाउँबाट  केहि गर्नु  येदि तपाई पुरुष भएर यो पडीरहनुभएको भनि, तपाई परिवर्तन चाहनुहुन्छ होला सायद| तपाई केहि नगर्नु नारि आफै जग्छन तपाई हात दिएर   माथि तान्न सक्नुहुन्न भनि धकलेर पछाडी नि नसार्नु| चुपलाएर बस्नी  दिनहरु  गैसक्ये | एक पुस्ताले क्रान्ति ल्याए भनि बल्ल आउनि बेलाबाट दमन  काम हुन्छ. जसरि अमेरिका मा १९२० मा महिलाले क्रान्ति ल्याएर आफ्नो हक हितका लागि लडेकाथए  अब हाम्रो पालो आएको | येस्कोलागी   घरमा बसेर हिन्दि सीरियल  हेरेर केहि हुन्न अब आफुलाई केहि सीप सिकाएर तयार पर्नु पर्छ. अहिले गरियो भनि बल्ल आउनि  पुस्तालाई सजिलो हुन्छ|
हुनत क्रान्ति एक ठुलो शब्द लाग्ला तर अलिकति केहि गरेर आफुमा सुधार शेप ल्याउनु राम्रो कुरोहो| तपाई केहि गर्नु सक्नु हुन्न भनेनी अलिकति अगदिबदेरा थोरै केहि गर्नु नि क्रान्ति हो| भन्छु सधै सरी लागउनी आफ्नो हजुरमलाई कुर्ता लगाइदिनि पनि एउटा सानो क्रान्ति हो| आफुलाई केहि ना केहि प्रकारले तयार पार्नु अब पालो भएकोछ अन्तरिक युद्धको ! याद राखौ नारिको दुश्मन नारि नै हो भनेर हामीलाई यो समाजले दिमागमा हालेको अब हामीले नारि को दुख पिडा बुझ्नी संगिनी हो अर्को नारि भनेर हातेमालो गर्नु पर्छ|


(मलाई कुनै पुरुषसंग आपशी दुश्मनी छैन तर पढेलेखेको भएर हरेकदिन कुनै प्रकारबाट पछिपरेको अनुभव गर्छु भनि अरु महिलाले अवश्य गर्नुहुन्छ होला भन्नि मलाई लाग्छ तेसैको बिरुद्धमा बोल्छु| नारीलाई सम्मान नारीको कदारगर्नी  मानिस प्रति मेरो नि सम्मान कदर |)

No comments:

Post a Comment